हेर्नुहोस् नेपालमा २४ घण्टामा कहाँ कहाँ थपिए कोरोना संक्रमित

259
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो सँगै नेपालमा हालसम्म ११ हजार १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६५० पुगेको छ । जसमध्ये १९ जना महिला र २९३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापा र सुनसरीमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ८ पुरुष, सुनसरीका २ महिला र २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ९ पुरुष, महोत्तरीका ५ पुरुष, सिराहाका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ४ महिला र ९ पुरुष, बैतडीका एक पुरुष, बझाङका ३ महिला र १३ पुरुष, बाजुराका २ महिला र २ पुरुष, डडेल्धुराका एक महिला र ११ पुरुष, कैलालीका २ पुरुष, कंचनपुरका ११ महिला र ४८ पुरुष, रौतहटका ३८ पुरुष र सर्लाहीका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ७ महिला र ८६ पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका एक पुरुष, काठमाडौंका २ महिला र २ जना पुरुष, ललितपुरका एक पुरुष र सुनसरीका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एक महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासीका एक महिला र ४ पुरुष, तनुहँका २ महिला र ७ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ पुरुष, म्याग्दीका एक महिला र ५ पुरुष र स्याङ्जाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका ३ पुरुष, प्युठानका २ महिला र ५ जना पुरुष, पाल्पाका २८ पुरुष र रुपन्देहीका ४ महिला र ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पुर्वका एक पुरुष, बर्दियाका एक महिला र ५ पुरुष, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एक पुरुष, बझाङका २ पुरुष, बाँकेका एक पुरुष, दैलेखका १ महिला र १७ पुरुष दार्चुलाका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी धादिङका एक पुरुष, इलामका एक पुरुष, जुम्लाका एक पुरुष, कैलालीका एक पुरुष, कालिकोटका एक महिला र २ पुरुष, कास्कीका एक पुरुष, लमजुङका एक पुरुष, सल्यानका एक पुरुष, र सुर्खेतका १३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बैतडीका एक पुरुष, बाजुराका ४ पुरुष, बाँकेका ३ पुरुष, दैलेखका एक महिला, दाङका एक पुरुष, धादिङका एक पुरुष, गोरखाका २ पुरुष, गुल्मीका एक पुरुष, इलामका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

जुम्लाका एक पुरुष, कंचनपुरका एक पुरुष, खोटाङका एक पुरुष, लमजुङका एक पुरुष, ओखलढुंगाका २ पुरुष, पाल्पाका एक पुरुष, रामेछापका २ पुरुष र ताप्लेजुङका ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।


  •  
  •  
  •