पछिल्लो २४ घण्टामा थप ३ सय १२ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या २ हजार ६ सय ५० पुग्याे

152
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुने कोरोना संक्रमितको संख्या २ हजार ६ सय ५० पुगेको छ ।

फाइल तस्बिर

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १९ जना महिला र २९३ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार जलेश्वर अस्पताल महोत्तरीबाट २१ पुरुष, दुल्लु अस्पताल दुल्लुबाट दुई महिलार ५ पुरुष, गौरी शंकर कलेज रौतहटबाट ३ महिला र ७७ पुरुष, अल्पाइन नसिंङ इन्सचीच्युड सर्लाहीबाट ६९ पुरुष, कोभिड १९ युनिफाइड कमाण्ड हस्पिटल बलम्बुबाट १ पुरुष, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंबाट दुई पुरुष, आइसुलेसन सेन्टर खजुरा बाँकेबाट २ महिला र ४ पुरुष, बर्दियाबाट २ महिला कोरोना निको भएर घर फर्किएका छन् ।

यस्तै आइसोलेन सेन्टर वनकटुवा बाँकेबाट ३ पुरुष, आइसोलेन सेन्टर राप्ती सोनारी बाँकेबाट १ महिला र १० पुरुष, आइसोलेन सेन्टर पिपरी कोहलपुर बाँकेबाट ६ पुरुष, लाइन्स डेन्टल आइसोलेन सेन्टर बाँकेबाट ६ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट ३ महिला र २० पुरुष संक्रमणमुक्त भइ डिस्चार्ज भएका हुन् ।

यस्तै प्रादेशिक अस्पताल जनकपुरबाट ४ जना पुरुष, साइकृष्ण आइसोलेन सेन्टर सप्तरीबाट ३ महिला र १३ पुरुष, सपही आइसोलेन सेन्टर धनुषाबाट ३ महिला र ४२ पुरुष, सिरहाबाट १ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।


  •  
  •  
  •