कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयकाे अवरोध

338
  •  
  •  
  •  

पोखरा । स्थानीयको अवरोधकाबीच पोखरामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ । बुधबारराति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाको आँधीखोला गाउँपालिका १ सिरुबारीका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो ।

पोखरा महानगरले मृतकको शव वडा नं ३२ स्थित सेती नदी किनारमा अन्त्येष्टि गर्ने गर्ने भनेर जग्गा खोजेको थियो । तर स्थानीयले टायर बालेर बाटो अवरोध गरेका थिए । तर अवरोधकाबीच प्रहरीले संक्रमितको शव व्यवस्थापन गरेको छ ।

पोखरा ३२ स्थित मजुवा घाटमा नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको हो । शव घाट लैजाने क्रममा बाटोमा स्थानीयले अवरोध गरेपछि प्रहरी संग झडप समेत भएको थियो । झडपमा केहि समान्य घाइते भएका छन् ।

झडपपछि अक्रोशित स्थानीयले अस्थायी प्रहरी चेकपोष्टमा ढुंगामुढा गरेपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरेको थियो।

तस्बिरः लेखनाथ खबर


  •  
  •  
  •