कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

213
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको १३ जना, दैलेखका ३ जना, जाजरकोटका १, कालिकोटका १, दाङका १, धनुषाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका ४ जना, रुपन्देहीका १, सप्तरीका १, ताप्लेजुङका १ र उपदयपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार थप ८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कर्णाली प्रदेशमा उपचारपछि निको हुनेको संख्या ५ सय ६८ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।


  •  
  •  
  •