गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय २९ पुग्यो

368
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको संख्या ७ सय २९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीका ८ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । नयाँ संक्रमितमा स्याङ्जाका ७ जना, गोरखाका १ जना, नवलपरासी सुस्तापूर्वमा ३ जना, लमजुङका ५ जना, पर्वतका १ जना, कास्कीका ५ जना, बाग्लुङका १ जना र तनहुँका १ जना रहेका छन् ।

उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशानालयले जनाएको छ ।

गण्डकी प्रदेशका कोरोना सङ्क्रमित ७२९ मध्ये ७० जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ । यसअघि मंगलबार १ सय ४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

 


  •  
  •  
  •