गण्डकी प्रदेशमा थप १ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ९७ पुग्यो

380
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप १ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइर संक्रमितको संख्या ६ सय ९७ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार नयाँ संक्रमितमा बाग्लुङका ६ जना, कास्कीका ७ जना, पर्वतका २१ जना, नवलपरासी पूर्वका ३८ जना र तनहुँका १ जना रहेका छन् । यस्तै स्याङ्जाका १३ जना र गोरखाका १८ जना रहेका छन् ।

हेर्नुहोस्


  •  
  •  
  •