थप ५ सय ३८ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या १० हजार ९९ पुग्यो

हालसम्म देशभर दुई हजार २ सय २४ जना डिस्चार्ज
277
  •  
  •  
  •  

काठमाडौं । नेपालमा मंगलबार थप ५ सय ३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६ सय ७१ जना थपिएका थिए । शुक्रबार ४ सय २६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३ सय ३१ संक्रमित थपिएका थिए । आइतबार ४ सय २१ र सोमबार ५ सय ३५ कोरोना संक्रमित थपिएका थिए ।

मंगलबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको जानकारी गराए ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार २२४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ७६ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र ६८ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म एक लाख ८६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ८५ हजार ८१३ मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ८५१ कोरोना संक्रमितहरु रहेका छन् ।


  •  
  •  
  •