नेपालमा २ हजार १ सय ४२ कोरोना संक्रमित उपचारपछि निको

277
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ७० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार योसँगै हालसम्म निको हुने संख्या २ हजार १ सय ४२ पुगेको छ।


सिन्धुलीमा कोरोना भाइरसलाई जितेपछि सोमबार तीन जना युवालाई माला, खादा र टिका लगाएर बिदाई गरिँदै ।

त्यस्तै, क्वारेन्टिनमा ९० हजार ७ सय ३०, आइसोलेसनमा ७ हजार ७ सय ८९ जना रहेका छन्।

रसुवाबाहेक नेपालका ७६ जिल्लामा कोरोनाका बिरामी भेटिएका छन् भने आज कुनै पनि मृत्यु नभएको उनले बताए।

त्यस्तै सरकारले १ लाख ८१ हजार ३ सय ७१ पीसीआर परीक्षण भएको जनाएको छ। त्यस्तै, २ लाख ६८ हजार १ सय ३ आरडीटी परीक्षण भएको छ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ भने २३ जनाको मृत्यु भइसकेको छ ।


  •  
  •  
  •