कोभिड–१९(अपडेट): संक्रमितको संख्या ८९ लाख नाघ्यो, ४४ लाख ४० हजारबढी उपचारपछि निको

98
  •  
  •  
  •  

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८९ लाख नाघेको छ । यस्तै कोडिभ–१९ बाट विश्वभर चार लाख ६८ हजार भन्दा बढीको ज्यान गएको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका विश्वभर कुल संक्रमितको संख्या ८९ लाख ६३ हजार २ सय ५३ पुगेको छ । यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या चार लाख ६८ हजार ४ सय ८५ पुगेको छ ।
विश्वभर ४४ लाख ४० हजार ४ सय १७ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या २२ लाख ८० हजार ९ सय ६९ पुगेको छ । एक लाख १९ हजार ९ सय ७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६ लाख २२ हजार १ सय ३३ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ १० लाख ८३ हजार ३ सय ४१ जना संक्रमित भएका छन् । त्यसमध्ये ५० हजार ५ सय ९१ जनाको मृत्यु भएको छ । ५ लाख ८८ हजार १ सय १६ जना उपचारपछि निको भएका छन् ।

रुसमा पाँच लाख ९१ हजार ४ सय ६५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ८ हजार १ सय ९६ जनाको मृत्यु भएको छ ।
३ लाख ४३ हजार ८ सय ४७ जना उपचारपछि निको भएका छन् ।
संक्रमितको संख्यामा भारत चौथो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख २५ हजार २ सय ८२ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार ६ सय ९९ पुगेको छ । यस्तै भारतमा कोरोना भाइरस संक्रमितमध्ये २ लाख ३७ हजार १ सय ९६ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा कोभिड–१९ का कारण ४२ हजार ७ सय १७ जनाको ज्यान गएको छ । त्यहाँ कुल संक्रमितको संख्या ३ लाख ५ हजार ८ सय ३ जना रहेको छ । यहाँ संक्रमितमध्ये १३ सय १९ जना मात्रै उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •