नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

२४ घण्टामा १ सय ९४ डिस्चार्ज
242
  •  
  •  
  •  

काठमाडौं । नेपालमा आइतबार थप ४ सय २१ जनामा कोरोना भाइरस(कोभिड–१९) का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२१ संक्रमित थपिएका हुन् ।

नयाँ थपिएका संक्रमित मध्ये ३५७ पुरुष र ६४ महिला रहेका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

नेपालमा हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । त्यसपछि शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले हालसम्म नेपालमा ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको बताए ।

डा.गौतमका अनुसार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ३ महिला र ३ पुरुष, उदयपुरका एक महिला र ४ जना पुरुष, मोरङका एकजना महिला र एकजना पुरुष, सुनसरीको एकजना महिला र एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीषणमा धनुषाका एकजना महिला र ७ जना पुरुष, महोत्तरीका २ जना पुरुष र सप्तरीका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीषणमा बाराका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६ जना महिला र१० जना पुरुष, डडेल्धुराका ३ महिला र ११ जना पुरुष, डोटीका २ महिला र १४ जना पुरुष, गुल्मीका एक महिला र ४ जना पुरुष, कैलालीका ३ पुरुष, कपिलवस्तुका ११ पुरुष, नवलपरासी पश्चिमका ५ महिला र १६ जना पुरुष र नुवाकोटका एक पुरुष, प्युठानका २ महिला र १८ पुरुष, रामेछापका एकजना पुरुष, रुपन्देहीका एकजना पुरुष, सर्लाहीका एकजना महिला र ४ जना पुरुष, सिराहाका ४ महिला र ४८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा ललितपुरकी एक महिला र पाल्पाका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका १० महिला र ३९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाग्लुङका २ जना पुरुष,कास्कीका एकजना पुरुष, स्याङ्जाका २ जना महिला र ८ जना पुरुष, बाग्लुङका २१ जना पुरुष, मुस्ताङका एकजना पुरुष, म्याग्दीका २ महिला र २ जना पुरुष, नवलपरासी पुर्वका २ पुरुष, पर्वतका २ जना पुरुष, तनहुँका एक महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एक महिला र ८ जना पुरुष, गुल्मीका एक महिला र एक पुरुष, कपिलवस्तुका १३ जना पुरुष, नवलपरासी पश्चिमका एक पुरुष, पाल्पाका एक महिला र एक पुरुष र रुपन्देहीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक पुरुष, बर्दियाका ३ जना पुरुष, रोल्पाका एकजना महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १० जना पुरुष र रोल्पाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलखका एक महिला, सल्यानका ६ जना पुरुष र सुर्खेतका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बैतडीका एकजना पुरुष र एक महिला, बझाङका २ जना पुरुष, डडेल्धुराका ४ जना महिला र २३ जना पुरुष, डोटीका ४ महिला र ७ पुरुष, कैलालीका २ महिला र २२ पुरुष र कञ्चनपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । जसमा १४९ जना महिला रहेका छन् भने १ हजार ६२३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १९४ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १८६ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । हालसम्म एक लाख ७५ हजार १७३ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ६२ हजार २७४ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ९४ हजार ९२८ मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार २३१ कोरोना संक्रमितहरु रहेका छन् ।


  •  
  •  
  •