कोभिड–१९(अपडेट): विश्वभर संक्रमितको संख्या ८६ लाख ६६ हजार नाघ्यो, चार लाख ६० हजार बढीको मृत्यु

४२ लाख ४७ हजारबढी उपचारपछि निको
404
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ८६ लाख नाघेको छ । यस्तै कोडिभ–१९ बाट विश्वभर चार लाख ६० हजार भन्दा बढीको ज्यान गएको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका विश्वभर कुल संक्रमितको संख्या ८६ लाख ६६ हजार ६ सय ९७ पुगेको छ । यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या चार लाख ६० हजार ६६ पुगेको छ ।
विश्वभर ४२ लाख ४७ हजार ५ सय २७ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या २२ लाख २२ हजार ५ सय ७६ पुगेको छ । एक लाख १९ हजार ३ सय ३१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६ लाख ६ हजार ७ सय १५ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ १० लाख ३२ हजार ९ सय १३ जना संक्रमित भएका छन् । त्यसमध्ये ४८ हजार ९ सय ५४ जनाको मृत्यु भएको छ । ५ लाख ५१ हजार ६ सय ३१ जना उपचारपछि निको भएका छन् ।

रुसमा पाँच लाख ६८ हजार २ सय ९२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ७ हजार ८ सय ३१ जनाको मृत्यु भएको छ ।
३ लाख २३ हजार ८ सय ५१ जना उपचारपछि निको भएका छन् ।
संक्रमितको संख्यामा भारत चौथो स्थानमा छ । भारतमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ३ लाख ९५ हजार ४८ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ९ सय ४८ पुगेको छ । यस्तै भारतमा कोरोना भाइरस संक्रमितमध्ये २ लाख १३ हजार ८ सय ३१ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा कोभिड–१९ का कारण ४२ हजार ५ सय ४६ जनाको ज्यान गएको छ । त्यहाँ कुल संक्रमितको संख्या ३ लाख ३ हजार २ सय ८५ जना रहेको छ । यहाँ संक्रमितमध्ये १३ सय १९ जना मात्रै उपचारपछि निको भएका छन् ।

स्पेनमा २ लाख ४५ हजार ५ सय ७५ जना संक्रमित भएका छन् भने २८ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । एक लाख ५० हजार ३ सय ७६ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •