गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ३८ पुग्यो

304
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।

नयाँ संक्रमितमा तनहुँका २५ जना, नवलपुरका १६ जना, गोरखाका ५ जना, म्याग्दीका १ जना, कास्की २, स्याङ्जा १ र बागलुङका ८ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।


  •  
  •  
  •