पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना सक्रमण, ईमर्जेन्सी बाहेकका सेवा बन्द

266
  •  
  •  
  •  

काठमाडौं । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यर्कीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा आज(शुक्रबार)गरिएको परीक्षणमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको ईमर्जेन्सी बाहेकका अन्य सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

गण्डकी प्रदेशमा यसअघि शुक्रबार बिहान बाग्लुङ, कास्की, स्याङजा र नवलपरासी सुस्ता पूर्वका २४ जना थपिएका थिए ।


  •  
  •  
  •