थप ६ सय ७१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ हजार ८४८ पुग्यो

277
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बिहीबार थप ६ सय ७१ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय ७१ जना संक्रमित थपिएको बताए । नयाँ थपिएका संक्रमित मध्ये ८० जना महिला र ५ सय ९१ जना पुरुष रहेका छन् ।

यो अहिलेसम्मकै दैनिक उच्च वृद्धि हो । यसअघि बुधबार एकैदिन ५ सय ८६ कोरोना संक्रमित थपिएका थिए भने मंगलबार ३ सय ८० संक्रमित थपिएका थिए । त्यसअघि सोमबार एकैदिन ४ सय ५५ संक्रमित थपिएका थिए ।

कहाँ कहाँ थपिए नयाँ संक्रमित ?

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ जना महिला र मोरङकी एकजना महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ जना महिला र ३१ पुरुष, बैतडीका २ महिला र २३ पुरुष, बाजुराका १५ महिला र २६ पुरुष, भक्तपुरका एक महिला र २ जना पुरुष, डडेल्धुराका ७ महिला र ७७ पुरुष, कैलालीका २ महिला र १९ पुरुष, कपिलवस्तुका २ महिला र १४ जना पुरुष, काठमाडौंका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नुवाकोटाका २ जना पुरुष, रौतहटकी एक महिला र ३३ पुरुष, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका २ जना पुरुष, सिन्धुपाल्चोकका एक जना, ललितपुरका एकजना, नवलपरासीका एकजना र महोत्तरीका एकजना पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्ताल टेकुमा गरिएको परीक्षणमा सिन्धुलीकी एक महिला, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्वतका एकजना महिला र ४ जना पुरुष, चितवका एकजना पुरुष, नवलपरासी पूर्वका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २९ जना पुरुष, बाग्लुङका एकजना पुरुष, मनाङका एकजना पुरुष, नवलपरासी पूर्वका ३० जना पुरुष, स्याङ्जामा २ जना महिला र ७ जना पुरुष, पर्वतका ४ जना पुरुष, तनहुँका १५ जना पुरुष, गोरखाका एक महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ महिला र एक पुरुष, कपिलवस्तुका एकजना पुरुष, पाल्पाका ६ जना पुरुष, रुपन्देहीका २ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै रोल्पाका एकजना पुरुष, नवलपरासीका एकजना पुरुष र अर्घाखाँचीका ६ महिला र ९१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ पुरुष, बर्दियाका एक महिला र २ पुरुष, कैलालीका एकजना महिला र दैलेखका एकजना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ६ जना महिला र ८० जना पुरुष, सुर्खेतका ८ जना महिला र २६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बझाङका एकजना महिला र एकजना पुरुष,कञ्चनपुरका २ जना पुरुष, कैलालीका एकजना महिला र १९ पुरुष, डोटीका ५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । देशभरका ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।देशभर हालसम्म एक लाख हजार ५५ हजार ५१८ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ४३ हजार ७५ हजार जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७४६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख १६ हजार २१५ मानिसहरु रहेका छन् भने आइसोलसनमा ६ हजार ६४८ कोरोना संक्रमितहरु रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म २२ जनाको मृत्यु भइसकेको छ ।


  •  
  •  
  •