गण्डकी प्रदेशमा बिहीबार बिहानै थपिए ७७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३ सय २४ पुग्यो

453
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार बिहान थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ । गण्डकीमा पछिल्लो पटक थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा भारतबाट फर्किएका स्याङ्जाका ९ जना, पर्वतका ४ जना, तनहुँका ३ जना, नवलपरासी(बर्दघाट सुस्ता पूर्व) का १३ जना र बाग्लुङका १ जना रहेका छन् ।

उनीहरु सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

यसअघि बिहीबार नै पर्बत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४२ वर्षीय १ पुरुष र २० वर्षीय १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

पर्बत जिल्ला, मोदी गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ३० का १ जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो ।

त्यसैगरी पर्बतकै फलेबास नगरपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ३० र ३७ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु पनि सबैजना हालै भारतबाट नेपाल फर्किएका थिए ।

यसैगरी बिहीबार बिहान नै थप नयाँ ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नयाँ संक्रमितमा कपिलबस्तुबाट फर्किएका मनाङको १ जना र भारतबाट फर्किएका नवलपरासी(बर्दघाट सुस्तापूर्व) का १८ जना, तनहुँका १२ जना, गोरखाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •