कोभिड–१९(अपडेट): विश्वभर संक्रमितको संख्या ८१ लाख नाघ्यो, ३९ लाख ५६ हजारबढी उपचारपछि निको

522
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ८१ लाख नाघेको छ । यस्तै कोडिभ–१९ बाट विश्वभर चार लाख ४३ हजार भन्दा बढीको ज्यान गएको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका विश्वभर कुल संक्रमितको संख्या ८१ लाख ७६ हजार २ सय ९६ पुगेको छ । यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या चार लाख ४३ हजार ७ सय ६५ पुगेको छ ।
विश्वभर ३९ लाख ५६ हजार ५ सय ३७ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या २१ लाख ३७ हजार ७ सय ३१ पुगेको छ । एक लाख १६ हजार ९ सय ६३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५ लाख ८३ हजार ५ सय ३ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ ९ लाख २३ हजार १ सय ८९ जना संक्रमित भएका छन् । त्यसमध्ये ४५ हजार २ सय ४१ जनाको मृत्यु भएको छ । ४ लाख ९० हजार ५ जना उपचारपछि निको भएका छन् ।

रुसमा पाँच लाख ४४ हजार ७ सय २५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ७ हजार २ सय ७४ जनाको मृत्यु भएको छ ।
२ लाख ९३ हजार ७ सय ८० जना उपचारपछि निको भएका छन् ।
संक्रमितको संख्यामा भारत चौथो स्थानमा छ । भारतमा कारोना संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको छ । कोरोना संक्रमितमध्ये १ लाख ८६ हजार ९ सय ३५ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा कोभिड–१९ का कारण ४२ हजार ५४ जनाको ज्यान गएको छ । त्यहाँ कुल संक्रमितको संख्या दुई लाख ९९ हजार ६ सय जना रहेको छ । यहाँ संक्रमितमध्ये १२ सय ९३ जना मात्रै उपचारपछि निको भएका छन् ।

स्पेनमा २ लाख ४४ हजार ३ सय २८ जना संक्रमित भएका छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । एक लाख ५० हजार ३ सय ७६ जना उपचारपछि निको भएका छन् ।
इटालिमा २ लाख ३७ हजार ५ सय जना संक्रमित भएका छन् भने ३३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ । एक लाख ७८ हजार ५ सय २६ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •