बाँकेमा मंगलबार राति मृत्यु भएकी महिलामा कोरोना संक्रमण देखियो

241
  •  
  •  
  •  

काठमाडौं । बाँकेको नेपालगञ्ज शिक्षण अस्पताल, कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ ।

बाँकेको बैजनाथ ६ की ४६ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको थियो । परीक्षण गर्दा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गरिसकेको छैन ।

मिर्गौलाकी बिरामी ती महिला विभिन्न मेडिकल हुँदै शिक्षण अस्पतालमा भर्ना भएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

मृतक महिला उपचारका लागि जेठ ३० गते अस्पताल पुगेकी थिइन् । उनको शव व्यवस्थापनको तयारी भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


  •  
  •  
  •