गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४७ पुग्यो

415
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमितमा नवलपरासीको बर्दघाट सुस्तापूर्व र पर्वतका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ थपिएकामा नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना र पर्वतका ३ जना रहेका छन् । उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ४७ पुगेको छ ।

गण्डकी प्रदेशका कोरोना सङ्क्रमित २ सय ४७ मध्ये अहिलेसम्म २२ जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।


  •  
  •  
  •