काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशका पाँच जिल्लाका १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गोरखाको गोरखा नगरपालिकामा एक महिलासहित ८ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकाका दुई जना, स्याङजा चापाकोट नगरपालिकाका ४ जना तथा कास्कीको पोखरा नगरपालिका, बाग्लुङको ताराखोला गाउँपालिका, नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक एक जना गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरु सबैजना भारतबाट फर्किएर क्वरेन्टीनमा बसेको निर्देशनालयले जनाएको छ । अहिले सङ्क्रमण पुष्टि भएका सबैजनालाई सम्बन्धित जिल्लाका आइसोलेशन कक्षमा लैजाने तयारी भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पुष्टि भएकाको संख्या २ सय २३ पुगेको छ ।