नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९ पुग्यो

206
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गुल्मीको धुर्कोटका एकजना पुरुषको मृत्यु भएको हो ।

उनको जेठ १२ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । आइसोलेसनमा रहेका उनको जेठ ३१ गते उपचारकै क्रममा मृत्यु भएको हो । उनी क्यान्सरबाट पीडितसमेत भएको बताइएको छ ।

उनी भारतबाट आएका थिए । उनको शवलाई शनिबार राति नै नेपाली सेनाको टोलीले जैसीथोककै खोचेपानी सामुदायिक वनमा व्यवस्थापन गरेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।


  •  
  •  
  •