शुक्रबार एकै दिन थपिए ४ सय ४८ कोरोना संक्रमित(हेर्नुहोस् कहाँ, कहाँ थपिए)

454
  •  
  •  
  •  

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन थप ४ सय ४८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितमा ४ सय २४ जना पुरुष र २४ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ४ सय ४८ जनामा कोरोना संक्रमण थपिएको पुष्टि गरे । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

कहाँ कहाँ थपिए ?

डा. गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिसएको परीक्षणमा मोरङका २ पुरुष, झापाका ७ पुरुष रहेका छन् । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा महोत्तरीका १० पुरुष, भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चिवतनका ८ पुरुष, पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धादिङ १ पुरुष र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ पुरुष, उदयपुरका ३ पुरुष, सिराहका ११ पुरुष संक्रमित थपिएका छन् ।

कोसी अस्पताल प्रयोगशालामा गरिएको प्ररीक्षणमा इलामा १ झापा ६ सुनसरी १ महिला ९ पुरुष, प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १३ पुरुष, स्याङजा २२ पुरुष, नवलपरासीका पूर्वका १ पुरुष र तनहुँका १ पुरुष रहेका छन् ।
भेरी अञ्चल अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बर्दीयाका २ महिला, १३ पुरुष, बाँके १ महिला संक्रमित फेला परेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४, मोराङ १, नवलपसीका ४, धादिङका २ महिला र २५ पुरुष संक्रमित फेला परेका छन् ।

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषा १४, महोत्तरीका ६ पुरुष र सर्लाही ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतलामा गरीएको परीक्षणमा कपिलवस्तुका १ महिला र ३ पुरुष, सर्लाहीका ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ५ महिला, ३३ पुरुष, सुर्खेतको २ महिला, ४३ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँची २ पुरुष, गुल्मी १ पुरुष, पाल्पाका १ पुरुष, प्युठान २ पुरुष, रुपन्देहीका ३ महिला र १३ पुरुष, नवलपरासी पश्चिमको १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिएको परीक्षणमा बाराका १ पुरुष, धादिङका १ पुरुष, धनषाका १ पुरुष, नुवाकोटका १ पुरुष, रौतहटका ८६ पुरुष, काठमाडौंका १ महिला, सर्लाहीका ९ महिला, ४१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८७७ पुगेको छ । ७८६ पुरुष र ९१ महिला रहेका छन् ।


  •  
  •  
  •