गण्डकी प्रदेशमा थप चार जना कोरोना संक्रमित थपिए

462
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९२ पुगेको छ ।

नयाँ संक्रमितमा नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १८, ३२, ५८ र ५९ का ४ जना पुरुषहरु रहेका छन।

उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

यसअघि शुक्रबार बिहान थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •