गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण

322
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तनहुँमा १ जना, नवलपरासी पूर्वमा १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै पुरुष रहेका छन् ।


  •  
  •  
  •