नेपालमा कोरोना संक्रमितकाे संख्या ४ हजार ६१४ पुग्यो, ८ सय ६१ जना डिस्चार्ज

258
  •  
  •  
  •  

काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप २ सय ५० जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको हो । थपिएकामध्ये २ सय ३० जना पुरुष र २० जना महिला रहेका छन् ।

थपिएका कुन ठाउँका ?

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणका क्रममा सुनसरीका ३ जना पुरुष, नारायणी प्रयोगशाला विरगंजमा गरिएको परीक्षणका क्रममा रौतहटका ३ जना पुरुष, किटजन्य रोग तथा तालिम केन्द्र हेटौंडामा बाराका ७ जना पुरुष र धादिङका सात जना पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य कार्यालय जनकपुरमा गरिएको परीक्षणका क्रममा सर्लाहीका २ जना पुरुष, वीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा गरिएको परिक्षणका सप्तरीको ९ जना पुरुष, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणका क्रममा सर्लाहीको २ जना, रौतहटको १५ जना, महोत्तरीको ४ जना पुरुष रहेका छन् ।

कोसी अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा झापामा ३ जना पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङको ३ जना महिला र ५ जना पुरुष रहेका छन् ।
भेरी अस्प्पताल प्रयोगशालामा रोल्पाका १४ जना पुरुष, बाँकेको १३ जना मध्ये एक जना महिला र १२ जना पुरुष रहेका छन् ।

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको ४८ जनामध्ये ४ जना महिला र ४४ जना पुरुष रहेका छन् । सुर्खेतको ७ जना पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुको १ जना पुरुष, प्युठानका ४ जना पुरुष रहेका छन् ।
रुपन्देहीको २९ जनामध्ये बालिकासहित ४ महिला, बालकसहित २५ पुरुष रहेका छन् । सेती प्रदेशिक प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीको ७ जना प्ुरुष, बाजुराको १८ जनामध्ये बालिकासहित ८ जना महिला र बालकसहित १० पुरुष रहेका छन् ।

बझाङका २ जना प्रुष रहेका छन् । धलिखेल अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका ६ जना प्रुष, राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु १ जना पुरुष, रौतहट ३९ जना पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जोगश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा बिहीबार थप एक सय ८७ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए । जसमा ८ महिला र एक सय ७९ पुरुष रहेका छन् । हालसम्म नेपालमा ८ सय ६१ जना डिस्चार्ज भएका छन् । जसमध्ये ७ सय ७४ जना पुरुष र ८७ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार १ लाख १५ हजार ९३० जनाको पीसीआर परीक्षण गरिएको छ भने १लाख ७८ हजार १४३ जनाको आरडीटी परीक्षण गर्रिएको छ । यस्तै १ लाख ६२ हजार १३ जना

क्वारेन्टाइनमा रहेका छन् भने ३ हजार ७३८ जना आइसोलेसनमा रहेका छन् । नेपालमा हालसम्म कोरोनाको कारण १५ जनाको मृत्यु भएको छ ।

 


  •  
  •  
  •