नेपालमा कोरोना संक्रमितको संख्या २६ सय ३४ पुग्यो, २ सय ९० जना उपचारपछि निको

147
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बिहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २६ सय ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म २६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

थपिएका नयाँ संक्रमित दैलेखका १ सय १३ जना संक्रमित रहेका छन् । उनीहरु मध्ये १ सय ८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।

यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमित मध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका ७ जना छन् भने चन्ऽपुर माधवनरायण र फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकएक जना छन् । उनीहरु सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन् ।

नेपालमा हालसम्म २ सय ९० जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका हुन् । जसमा पुरुष २३४ र ५६ रहेका छन् । नेपालमा कोरोना संक्रमितमध्ये १० जनाको मृत्यु भइसकेको छ ।


  •  
  •  
  •