नेपालमा कोभिड–१९ बाट थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

149
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड– १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले मृतका ४० वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि गरे । उनकाे पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

पूर्वखोला –२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । यसअघि नेपालमा कोरोनाका कारण ९ जनाको ज्यान गइसकेको छ ।


  •  
  •  
  •