बेल्जियमका राजकुमारलाई कोरोना भाइरसको संक्रमण

103
  •  
  •  
  •  

एजेन्सी । बेल्जियमका राजकुमार योआखिमलाई कोरोना भाइरसको संक्रमण भएको छ । बेल्जियमको राजदरबारका अनुसार २८ वर्षीय राजकुमारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । उनी मे २६ मा इन्टर्नसिपका लागि बेल्जियमबाट स्पेन गएको दरबारले जनाएको छ ।

त्यसको दुई दिनपछि उनी स्पेनको दक्षिणी सहर कोर्दोबामा भएको एक पार्टीमा सहभागी भएका थिए । त्यसबेलासम्म उनको परीक्षण भएको थिए । बेल्जियमका राजा फिलिपेका भतिज राजकुमार योआखिम सहभागी भएको पार्टीमा २७ जना रहेको स्पेनिस सञ्‍चारमाध्यमले जनाएका छन् ।
कोर्दोबाको लकडाउन नियम अनुसार सो संख्यामा मानिस सहभागी भएर पार्टी गर्नु गैरकानुनी हो । सो क्षेत्रमा अहिले १५ जनाभन्दा बढी एक ठाउँमा जम्मा हुन नपाउने प्रावधान छ । स्पेनिस प्रहरीले सो पार्टीका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । लकडाउन उल्लंघन गर्नेलाई १० हजार युरोसम्म जरिवाना तिराइने छ ।

पार्टीमा सहभागी भएका सबै अहिले क्‍वारेन्टाइनमा छन् । सत्ताको लाइनमा १० औं स्थानमा रहेका राजकुमार योआखिममा मध्यम तहको लक्षण देखिएको बताइएको छ । बीबीसीबाट


  •  
  •  
  •