कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण

83
  •  
  •  
  •  

काठमाडौं । कर्णालीमा थप १८ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार बिहान ८ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रदेशमा थप १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


जुम्लास्थति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएको हो। कर्णाली प्रदेशका कालिकोट र दैलेख गरी दुई जिल्लामा थप १८ संक्रमित देखिएका हुन्।

यससँगै कर्णाली प्रदेशमा मात्र अहिलेसम्म कूल १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, नेपालभर १४ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा संक्रमितमध्ये २ सय १९ जना उपचारपछि निको भएका छन् भने ७ जनाको भने मृत्यु भइसकेको छ।


  •  
  •  
  •