भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार नाघ्यो, सोमबारदेखि लकडाउन खुकुलो

84
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या १ लाख ८१ हजार ८ सय २७ पुगेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय ८५ पुगेको छ ।
कोरोना भाइरसबाट संक्रमितमध्ये ८६ हजार ९ सय २७ जना उपचारपछि निको भएका छन् ।

यसैबीच कोरोना भाइरसको सङ्क्रमण र ज्यान गुमाउने संख्या बढिरहेकै बेला भारतले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ ।

भारत सरकारले सोमबारदेखि रेस्टुरेण्ट, होटल, शपिंग सेन्टर र पूजा गर्ने ठाउँहरूलाई खुला गर्न अनुमति दिने भएको छ । लकडाउन हटाउने तीन चरणको योजनाको पहिलो चरणमा धेरै क्षेत्रहरूमा पुनः खोल्न अनुमति दिएको बीबीसीले जनाएको छ ।

यस्तै जुलाई महिना अर्थात एक महिनापछि बिद्यालय तथा कलेजहरुमा पढाइ शुरु गर्ने पनि तयारी गरेको खबरमा उल्लेख छ । लकडाउनलाइ खुकुलो बनाउने बताएपनि भारतमा सङ्क्रमण निकै बढेको छ ।


  •  
  •  
  •