नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

113
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजमात्र थपमात्र १५६ जनामा संक्रमण पुष्टि भएको बताए ।

संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।


  •  
  •  
  •