एकै दिन थपिए १ सय १४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ८ सय ८६ पुग्यो

१ सय ८३ जना उपचारपछि निको
135
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बुधबारमात्रै थप १ सय १४ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वमा थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी गराए ।

संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन्।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ। तीमध्ये १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

यस्तै नेपालमा बुधबारसम्म ५८ हजार २ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको छ भने १ लाख २ सय ८७ जनाको आरडीटी परीक्षण गरिएको छ । ६ सय ९९ जना आइसोलेसनमा रहेका छन् भने ७ हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेका छन् ।


  •  
  •  
  •