थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

69
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना भाइरस(कोभिड–१९) को पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जनामा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीया महिला रहेका छ्न् ।

त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीय बालिका छिन् ।

त्यसैगैरी सर्लाही, गोडैता नगरपालिका ८,९, ११, १३,१४ र रामनगर बहुअर्वा गाउँपालिक–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु रहेको छन् भने एक जना १८ वर्षीय महिला रहेका छन् ।

हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३८ जिल्लामा नेपालमा कोरोनाको संक्रमण फैलिएको छ ।


  •  
  •  
  •