कोभिड–१९(अपडेट): संक्रमितको संख्या ५१ हजार नाघ्यो, १९ लाख ४८ हजार बढी उपचारपछि निको

170
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हालसम्म संक्रमितको संख्या ५१ हजार नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या ५१ लाख २ हजार ४ सय २४ पुगेको छ ।

विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३२ हजार ९ सय २४ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितमध्ये १९ लाख ४८ हजार ७ सय ४६ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसबाट अमेरिकामा हालसम्म १५ लाख ७७ हजार २ सय ८७ जनामा संक्रमण भएको छ । त्यस्तै ९४ हजार ७ सय २ जनाको मृत्यु भएको छ । अमेरिकामा २ लाख ९८ हजार ४ सय १८ जना निको भएका छन् ।

त्यस्तै रसियामा ३ लाख १७ हजार ५ सय ५४ जना संक्रमित भएका छन् भने ३ हजार ९९ सय जनाको मृत्यु भएको छ । यस्तै ९२ हजार ८ सय ८१ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा २ लाख ५२ हजार २ सय ४६ जना संक्रमित भएका छन् । ३६ हजार १ सय २४ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ३४ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा संक्रमित संख्या २ लाख ३३ हजार ३७ र मृतक संख्या २७ हजार ९ सय ४० पुगेको छ । एक लाख ५० हजार ३ सय ७६ जना उपचारपछि निको भएका छन् ।

इटलीमा २ लाख २८ हजार ६ जना संक्रमित भएका छन् भने ३२ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । १ लाख ३४ हजार ५ सय ६० जना निको भएका छन् ।

ब्राजिलमा ३ लाख १० हजार ८७ जना संक्रमित भएका छन् । २० हजार ४७ जनाको मृत्यु भएको छ भने एक लाख २५ हजार ९ सय ६० जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •