विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघ्यो, १९ लाख बढी उपचारपछि निको(अपडेट)

63
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट संक्रमितको संख्या ५० लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या ५० लाख ५ सय ६१ पुगेको छ ।

विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २८ हजार १ सय ९१ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितमध्ये १९ लाख १ हजार ७९ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसबाट अमेरिकामा हालसम्म १५ लाख ५१ हजार ८ सय ५३ जनामा संक्रमण भएको छ । त्यस्तै ९३ हजार ४ सय ३९ जनाको मृत्यु भएको छ । अमेरिकामा २ लाख ९४ हजार ३ सय १२ जना निको भएका छन् ।

त्यस्तै रसियामा ३ लाख ८ हजार ७ सय ५ जना संक्रमित भएका छन् भने २ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ । यस्तै ८५ हजार ३ सय ९२ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा २ लाख ५९ हजार ६ सय १९ जना संक्रमित भएका छन् । ३५ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ भने १ हजार १ सय १६ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा संक्रमित संख्या २ लाख ३२ हजार ५ सय ५५ र मृतक संख्या २७ हजार ८ सय ८८ पुगेको छ । एक लाख ५० हजार ३ सय ७६ जना उपचारपछि निको भएका छन् ।

इटलीमा २ लाख २७ हजार ३ सय ६४ जना संक्रमित भएका छन् भने ३२ हजार ३ सय ३० जनाको मृत्यु भएको छ । १ लाख ३२ हजार २ सय ८२ जना निको भएका छन् ।

ब्राजिलमा २ लाख ९१ हजार ५ सय ७९ जना संक्रमित भएका छन् । १८ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ भने एक लाख १६ हजार ६ सय ८३ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •