नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४

50
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड –१९) बाट संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । बिहीबार बिहान थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि थप १७ नयाँ संक्रमित पुष्टि भएको हो।

झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा थप संक्रमण पुष्टि भएको बताइएको छ। थप संक्रमण पुष्टि भएकामा १५ जना झापाको कचनकवल गाउँपालिकाका पुरुषहरू रहेका छन् भने धनकुटाका एक जना पुरुषमा र धरानकी एक जना महिला छिन्।

संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


  •  
  •  
  •