स्वास्थ्य मन्त्रालयले भन्यो, ‘कोरोना भाइरसको परीक्षणमा सरकारले कुनै शुल्क तोकेको छैन’

69
  •  
  •  
  •  

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा सरकारले कुनै शुल्क नतोकेको बताएको छ ।

सरकारले कुनै शुल्क नतोकेको तर केही अनलाइन मिडियाले १५ हजार रुपैयाँ तोकेको भन्दै समाचार सम्प्रेषण गरेकोप्रति स्वास्थ्य मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका अनुसार लाइनमा र भिडाभाडमा बस्न नचाहने स्वदेशी र विदेशीका लागि शुल्क लिने तयारी गरेको तर अहिलेसम्म कुनै पनि शुल्क तयार नभएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाको सशुल्क वा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यक्ति स्वयंको इच्छा हुने मन्त्रालयले प्रष्ट पारेको छ । यस्तै स्वास्थ्य परीक्षणका लागि तोकिएको सम्पूर्ण मापदण्ड पुराएको हुनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •