नेपालमा कोभिड –१९ः ३५ हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण

47
  •  
  •  
  •  

काठमाडौं । नेपालमा ३५ हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार ५ सय ७२ जनाको आरडीटी परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर गरिएकामध्ये ३ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छैन भने बाँकी ४ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हाल २३ हजार २ सय २ जना क्वारेन्टाइनमा, ३ सय ८० जना आइसोलेसनमा रहेका छन् । ४५ जनाको उपचारपछि निको भएको छ भने २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


  •  
  •  
  •