थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय २७ पुग्यो

54
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा गरी कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

थपिएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन्। यो सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। प्रवक्ता डा. देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। कुल संक्रमित मध्ये ३५८ पुरुष र ६९ जना महिला छन्।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ४५ जना उपचारपछि निको भएका छन्।


  •  
  •  
  •