क्रिमसन अस्पतालले भन्यो, ‘गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन’

72
  •  
  •  
  •  

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु नभएको जनाएको छ।

अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ।

गुल्मी जिल्ला निवासी पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिई आएका र उनलाई सर्वप्रथम डाइग्नोसिस सेप्सिस विथ एमओडिएस (मल्टी अर्गान डिस्फंसन सिन्ड्रोम) भई उपचार अगाडि बढाउने क्रममा कोरोना संक्रमणको स्क्रिनिङका लागि पिसिआर परीक्षणका लागि नमुना पठाइएको र उनमा कोरोना पोजेटिभ देखिएको भए पनि मृत्यु भने नभएको अस्पतालले स्पष्ट पारेको छ।

‘केही सामाजिक सञ्लाल तथा सञ्चार माध्यममा बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक र अतिरञ्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धममा गलत समाचारको पछि नलाग्नुहुन’ अस्पतालले सबैमा अपिल गरेको छ।

हेर्नुहोस्


  •  
  •  
  •