कोसी कोरोना विशेष अस्पतालमा उपचाररत आठ संक्रमित डिस्चार्ज

53
  •  
  •  
  •  

विराटनगर । विराटनगरस्थित कोसी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका आठ जना कोरोना संक्रमित बुधबार डिस्चार्ज भएका छन् । लगातार दुई पटकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा पाँच जना भारतीय जमाति र तीन जना उदयपुरका बासिन्दा छन् । उनीहरु सबैलाई भुल्केमा संक्रमण पुष्टि भएको थियो ।

योसँगै कोशी अस्पतालवाट निको भएर फर्कनेको संख्या २६ पुगेको छ । ५४ जना संक्रमितहरुमध्ये ५४ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


  •  
  •  
  •