कोभिड–१९(अपडेट): संक्रमितकाे संख्या ४९ लाख नाघ्यो, १६ लाख ८९ हजार जना उपचारपछि निको

69
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २३ हजार नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृत्यु हुनेको संख्या ३ लाख २३ हजार ४ सय १३ पुगेको छ ।

४९ लाख १ हजार सात सय ७३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १६ लाख ८९ हजार ३ सय ७७ जना उपचारपछि निको भएका छन् ।

अमेरिकामा हालसम्म कोरोना भाइरसबाट १५ लाख २८ हजार ६ सय ६१ जनामा संक्रमण भएको छ । त्यस्तै ९१ हजार ९ सय ३८ जनाको मृत्यु भएको छ । अमेरिकामा २ लाख ८९ हजार ३ सय ९२ जना निको भएका छन् ।

त्यस्तै रसियामा २ लाख ९९ हजार ९ सय ४१ जना संक्रमित भएका छन् भने २ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ । यस्तै ७६ हजार १ सय ३० जना उपचारपछि निको भएका छन् ।

बेलायतमा २ लाख ५० हजार १ सय ३८ जना संक्रमित भएका छन् । ३५ हजार ४ सय २२ जनाको मृत्यु भएको छ भने १ हजार ९९ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा संक्रमित संख्या २ लाख ३२ हजार ३७ र मृतक संख्या २७ हजार ७ सय ७८ पुगेको छ ।

इटलीमा २ लाख २६ हजार ९ सय ९९ जना संक्रमित भएका छन् भने ३२ हजार १ सय ६९ जनाको मृत्यु भएको छ । १ लाख २९ हजार ४ सय १ जना निको भएका छन् ।

ब्राजिलमा २ लाख ७१ हजार ८ सय ८५ जना संक्रमित भएका छन् । १७ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ ।


  •  
  •  
  •