काठमाडौं उपत्यकामा पाँचसहित थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय २ पुग्यो

237
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा पाँचसहित थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एक/एक जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एक/एक जना, कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका रहेको मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।

मन्त्रालयकाअनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआर मार्फत ३ हजार २ सय ६०४ जनाको परीक्षण गरिएको छ भने ७४ हजार ६ सय ४९ जनाको आरडीटी परीक्षण गरिएको छ । २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा रहेका छन् ।

४ सय ५७ जना आइसोलेसनमा रहेका छन् । ३७ जना निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।


  •  
  •  
  •