कर्णालीमा पनि कोरोना संक्रमण, मुलुकभर संक्रमितको संख्या ३७५ पुग्याे

539
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन्।

दैलेखको आठबीसकोट नगरपालिकाका–१ का एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कर्णालीमा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो। उनको स्वाबको परीक्षण भेरी अञ्चल अस्पतालमा भएको थियो।

सोमबार साँझ ती पुरुषसहित १८ जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका १२ र धनुषाका २ पुरुष छन् । त्यस्तै, खोटाङको हलेसी, सुनसरी र झापाका १/१ जनामा पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

यससँगै नेपालमा स‌ंक्रमितको संख्या ३ सय ७५ पुगेको छ। २ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । ३६ जना निको भएर घर फर्किएका छन्।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •