फेरि थपिए ९ कोरोना संक्रमित, संक्रमितको संख्या ३ सय ९ पुग्यो

70
  •  
  •  
  •  

काठमाडौं । नेपालमा सोमबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा रौतहट इशनाथ नगरपालका २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुषहरु र रौतहट नगरपालिका ३ निवासी २८ वर्षीया महिला रहेका छन् भने बारा करैयामाई(५ निवासी ३८ वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३०४ पुगेको छ । कोरोनाबाट नेपालमा २ जनाको मृत्यु भइसकेको छ ।


  •  
  •  
  •