नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो, मृत्युपछि मात्र रिपोर्ट !

287
  •  
  •  
  •  

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या २ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको मृत्यु कोरोनाका कारण भएको हो उनको आइतबार बिहान मृत्यु भएकोमा अपराह्न मात्र रिपोर्ट आएको हो।

स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले बताए। ती २५ वर्षीय पुरुष वैशाख ३० गते भारतबाट आएका थिए।

गत बिहीबार सिन्धुपाल्चोककी एक महिलाको ज्यान गएको थियो। सुत्केरी ती महिलाको स्वाब परीक्षणको रिपोर्ट शनिबार मात्र सार्वजनिक भएको थियो। नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ९१ पुगेकाे छ।

यसैबीच, मृतक युवकमा कोरोना संक्रमण पुष्टिसँगै नरैनापुरलाई चारैतिरबाट बन्द गरिएको छ। सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी अवस्थित नरैनापुरमा सङ्क्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएर नरैनापुर बन्द गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।


  •  
  •  
  •