थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७३ पुग्यो

140
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया नार्खु–११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
यस्तै उपचार पछि ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।


  •  
  •  
  •