बार्सिलोनाका खेलाडीको अनिर्वाय कोरोना परीक्षण

102
  •  
  •  
  •  

एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका खेलाडीको अनिर्वाय कोरोना भाइरस परीक्षण गरिने भएको छ ।

स्थगित ला लिगाका खेल शुरू गर्ने तयारीमा खेलाडीलाई अभ्यासमा उतारिने भएकाले सबैको अनिवार्य परीक्षण गरिने भएको हो । त्यसका लागि क्लबहरुले प्रशिक्षण शुरु गर्ने तयारी गरेका छन् । प्रशिक्षण शुरु हुनु पूर्व सबै खेलाडीको परीक्षण हुने भएको हो । बुधबार बार्सिलोनाको प्रशिक्षण मैदानमा कोभिड–१९ रहे–नरहेको भन्ने थाहा पाउन बुधबार परीक्षण गर्ने तयारीमा क्लब रहेको छ ।

ला लिगाका क्लबहरुलाई यो हप्ता प्रशिक्षणमा फर्किन अनुमति दिइएको छ । लिगले परीक्षणका लागि अनुमति दिएको बार्सिलोनाले जनाएको छ ।

ला लिगाका आयोजकले आउँदो जुनमा बाँकी खेलहरु सुरु गर्ने तयारी गरेका छन् ।


  •  
  •  
  •