कोरोना भाइरसः चीनमा मृत्यु हुनेको सङ्ख्या २ हजार २३६ पुग्यो

74
  •  
  •  
  •  

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा मृत्यु हुनेको सङ्ख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुग्नुको साथै ७५ हजार ५७६ व्यक्ति सङ्क्रमित भएका छन् ।

भाइरसको शुरुआत भएको प्रमुख स्थान हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित भएका छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।


  •  
  •  
  •