कोरोना भारइसको संक्रमणले उहान अस्पतालका निर्देशकको मृत्यु

78
  •  
  •  
  •  

एजेन्सी । कोरोना भाइसरको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मंगलबार मृत्यु भएको छ । कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीका अनुसार मृत्यु हुने चिकित्सक उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको उल्लेख गरेको छ ।

उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाई छ । उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् । यही प्राणघातक जीवाणुका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ भने एक हजार ७१६ जना संक्रमित भएका छन् ।

यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा.ली वेनलियाङको मृत्यु भएको थियो ।


  •  
  •  
  •