जनस्वास्थ्यविद् भन्छन्,‘सिमा, नाका व्यवस्थित गरौँ, मास्क अनिवार्य गरौँ’

540
  •  
  •  
  •  

डा. रवीन्द्र पाण्डे

काठमाडौं । नेपालमा पुनः कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा कोरोना संक्रमणका दर बढ्दै जाँदा नेपालमा पनि त्यसको जोखिम बढ्न सक्ने भन्दै सभा, जुलुस र भेला नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । मन्त्रालयको अनुसार सोमबार ४ हजार ४७२ नमुना परीक्षण गर्दा १५० जनामा कोभिड–१९ को संक्रमण भेटिएको छ ।

अब के गर्ने ? यस्ता छन् जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको सुझाव

  • भारतमा देखिएको कोरोना महामारीको दोस्रो लहरबाट नेपाल जोखिममा छ । अहिलेसम्म नेपालमा फैलिएको छैन ।

  •  भारतमा फैलिएको दोस्रो लहरमा प्रमुख बेलायतको प्रजाति हो । यो प्रजातिको कोरोना भाइरस छिटो फैलिन्छ तर यसको मृत्युदर एकदम कम छ ।

  •  सरकारले भारतमा रहेका नेपालीलाई छिटो स्वदेश आउन प्रेरित गर्नुपर्छ । जसले गर्दा उनीहरु संक्रमित नहुँदै आउन पाउछन् ।

  •  सिमानाकामा नेपाल प्रवेश गर्नेलाई र्यापिड एन्टिजेन टेस्ट गर्ने । पोजिटिभलाई आइसोलेसन केन्द्रमा राख्ने । लक्षण देखिएका तर टेस्टमा नेगेटिभ देखिएकालाई सुविधासम्पन्न क्वारेन्टिनमा राख्ने । लक्षण नदेखिएका अनि नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई १० दिन होम क्वारेन्टिनमा बस्ने गरि पठाउने ।

  • आरडिटि टेस्ट ( एन्टिबोडी टेस्ट ) गर्ने गत सालको गल्ती नदोहोर्याउने | गतसाल संक्रमणको बेला आरडिटि टेस्ट जबर्जस्ती गर्दा महामारी झनै बढेको थियो ।

  •  मेचीदेखि महाकालीसम्म भारतसंग जोडिएका क्षेत्रमा प्रहरी र स्थानीयवासीको संयुक्त गस्ती गर्ने | अबैध प्रवेश रोक्ने।

  • भारतबाट नेपाल आउने तथा अन्य देशबाट नेपाल आउने हरेक व्यक्तिलाई परीक्षण गरेर मात्र तदनुसार ब्यबस्था गर्ने।

  • स्थानीय निकाय, स्वास्थ्य संस्था, सामाजिक संस्था परिचालन गरेर मास्कलाई सहि तरिकाले लगाउन अनिबार्य गर्ने। भौतिक दुरी र हातको सफाइमा ब्यापक प्रचार गर्ने।

  • जनस्वास्थ्यका मापदण्ड पालना गराउन सरकारले अभियान संचालन गर्ने ।

  • प्रत्येक नागरिकले आफु, आफ्नो परिवार र समाजलाई बचाउन प्रण गर्ने । त्यो मास्क, दुरी र सफाइबाट सम्भव छ ।

  • नारा, जुलुस, आमसभा, हलभित्रका ठूला बैठक नगर्ने / नगराउने ।

  • डर नमानौं तर लापरबाही पटक्कै नगरौं । मास्क नै सबैभन्दा सुरक्षित खोप हो ।


  •  
  •  
  •